एजेन्सी । युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ ।
यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएको संगीतसँग सम्बन्धित छ ।
तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुटको लागि निवेदन दिन सक्छन् । त्यस्तै रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि संसदले प्रतिबन्ध लगाएको छ ।
पूर्वी र दक्षिण युक्रेनका क्षेत्रहरूमा बसोबास गर्नेहरू मध्ये धेरैले ऐतिहासिक रूपमा रूससँग बलियो सम्बन्ध महसुस गरेका छन । त्यस क्षेत्रका प्रायः मानिसको पहिलो भाषा रुसी भाषा हो ।
तर, युक्रेनमा रुसी हमलाले धेरै युक्रेनीहरूलाई रुसी संस्कृतिबाट अलग गर्न खोजेको छ । आइतबार सांसदहरूले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ असार २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने