प्रदेश १ को नामाकरण तत्काल गर्न सांसदहरुको माग

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, २१ : ५३
प्रदेश १ को नामाकरण तत्काल गर्न सांसदहरुको माग

विराटनगर  प्रदेश नं १ प्रदेश सभा दशौं तथा बजेट अधिबेशनको आठौं बैठकमा प्रदेश १ का अधिकाशं सासंदहरुले प्रदेश १ को नामाकरणको माग राखेका छन् ।

आइतबार प्रदेश सभामा बोल्दै अधिकांश सांसदहरुले प्रदेशको नामाकरण चालुअधिबेशनबाट टुुङ्ग्याउनुपर्ने माग राखेका छन् । अन्य प्रदेशको नाम राखी सक्दा प्रदेश १ को नामाकरण गर्न नक्नु भनेको लाजमर्दौ भएको भन्दै चाडै नामाकरण हुनुपर्ने माग राखेका हुन् ।

प्रदेश सभामा बोल्दै सांसद विमल कार्कीले अहिलेको चल्दो बल्दो विषय र आवश्यक्ता भनेको किसानको मल भएकाले यसको व्यवस्थापनमा सरकारको ध्यान जान जरुरी भएको बताएका छन् । प्रदेश सभाको सुन्य समय सांसद कार्कीले मलको विषय उठान गरेका हुन् । धान रोपाई सुरु भइसक्दा समेत किसानले मल पाउन नसकेको विषय प्रति सरकारको ध्यान जान जरुरी भएको बताएका छन् ।

प्रदेश १ का संसदिय दल नेपाली कांग्रेसका नेता राजीव कोइरालाले प्रदेश सभाको विषेश समयमा बोल्दै प्रदेशको नाम राख्न कांग्रेस तयार रहेको बताएका छन् । उनले कतै बाट नाम जुर्न नसके एक नम्बर प्रदेश नै राख्दा के हुन्छ भनेर प्रश्न गरेका छन् ।

नेता कोइरालाले पुर्वी प्रदेश राख्दा पनि मिल्ने भन्दै प्रदेशका विभिन्न नाममा छलफल गरेर चालु अधिबेशनमा नाम राख्नुपर्ने बताएका छन् । उनले प्रमुख प्रतिपक्षी दलको ठुलो भुमिका हुने भएकाले प्रदेशको नाम चाडै टुुङ्ग्याउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस