इमरान खानका मिडिया सल्लाहकार भन्छन्– पिटिआई अध्यक्ष मार्न सुपारी दिइयो

एजेन्सी

आइतबार, ०५ असार २०७९, १३ : २४
इमरान खानका मिडिया सल्लाहकार भन्छन्– पिटिआई अध्यक्ष मार्न सुपारी दिइयो

काठमाडौँ  । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान-ए-इन्साफ(पिटिआई)का अध्यक्ष इमरान खानको हत्याको योजना भइरहेको बताइएको छ।खानका मिडिया सल्लाहकार फयाज उल हसन चाेहानले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘खबर मिलेको छ कि केही मानिसले अफगानिस्तानमा रहेको कोची नामका एक आतंककारीलाई तहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानको हत्या गर्न सुपारी दिएको छ।’

पत्रिका जंगका अनुसार चौहानको केही दिन पहिला इमरान खानको मिडिया सल्लाहकार बनाइएको थियो।इमरान खानले पनि अमेरिकासँग मिलेर सत्ताबाट हटाएको र पाकिस्तानको वर्तमान सरकार पनि उनलाई बाटोबाट हटाउन खोजेको आरोप लगाउँदै आएका छन्।१४ मेमा इमरान खानले भनेका थिए, ‘मेरो ज्यान खतरामा छ र मैले एक भिडियो रेकर्ड गरेको छु, जसमा धेरै मानिसको नाम छ, जसले पछिल्लो सालको गर्मीमा मविरुद्ध जाल रचेका थिए।’

इमरान खानका मन्त्रिपरिषदमा रहेका फैसल वाडा, असद उमर र फव्वाज चौधरीजस्ता मन्त्रीले पनि इमरान खानलाई खतरा भएको र सिक्रेट एजेन्टबाट यस बारेमा जानकारी मिलेको पनि बताएका छन्।

अझैसम्म इमरान खानको तर्फबाट अथवा शहबाज शरीफको सरकारबाट यससम्बन्धमा केही बयान आएको छैन।

प्रतिक्रिया दिनुहोस