उपत्यकाका ऐतिहासिक पोखरीको बिजोक

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, ११ : ५६
उपत्यकाका ऐतिहासिक पोखरीको बिजोक

काठमाडाैँ । आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरूको शहर हो काठमाडौं। भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ।  काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन्। तर आफ्नो शिक्षालाई व्यवहारिक

बनाउने कसरी? कहिले? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ। हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ।  शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ। यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ।

मल्लकालीन सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो। तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित छ भन्दा फरक पर्दैन। उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन।करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ।

खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ।

 

प्रतिक्रिया दिनुहोस