काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए ।
बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ कारोबार भएको छ ।
बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको मूल्य ५४२.५० रुपैयाँ पुग्यो । रिभर फल्स पावरको मूल्य ९.९७ प्रतिशतले बढेर २९० रुपैयाँमा पुग्यो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ९.९६ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ । राष्ट्र उत्थान लघुवित्त, माउण्टेन इनर्जीसहितका कम्पनीको मूल्य समेत धेरै घटेको छ । बिहीबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार