सिसडोलमा फोहोरको पहिरा जाँदा सडक अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, ०७ : ३७
सिसडोलमा फोहोरको पहिरा जाँदा सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भएको नुवाकोटको सिसडोलमा फोहोरको पहिरो गएको छ । ककनी गाउँपालिका–३ स्थित सिसडोलमा फोहोरको पहिरो गएको हो ।

ल्यान्डफिल साइटमा रहेको क्षमताभन्दा बढीको फोहोरको पहाडबाट पहिरो खस्दा बुधबार दिउँसो सडक अवरुद्ध नै हुन पुगेको प्रहरीले जनाएको छ । पहिरोका कारण करिब दुई घण्टापछि अवरुद्ध भएको थियो । 

उपत्यकाको फोहोर विसर्जन सिसडोलमा हुने गरेकामा पछिल्ले समय भने बञ्चरेडाँडामा हुँदै आएको छ । बञ्चरेडाँडा जान सिसडोल हुँदै जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस