जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १५ : ३५
जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा गत शनिबार एकै परिवारका चार जना बिरामी परे पछि उनीहरुलाई उपचारका लागि जिल्लकै मिसन अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा बिरामीमध्ये दुई जनाको मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेको अन्य दुई जनाको काठमाडौको शिक्षण अस्पतालमा उपचार भएरहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस