काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्।
केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, 'मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिन ।' राष्ट्रपति भण्डारीसँग मंगलबार एमालेनिकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारले भेट गरेका थिए।
स्रोतका अनुसार भेटमा मुलुकको सार्वभौमसत्ता, स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल रोक्न सरकारले नै पहल गर्नुपर्ने र त्यसो नभए राष्ट्रपतिले मुलुकको अभिभाकको भूमिका निर्वाह गर्नुपर्ने प्रसंग उठेपछि उनले आफूले जानेर वा नजानेर राष्ट्र हितविपरीतका कुनै पनि काम नगर्ने बताएकी हुन् ।
पत्रकारसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएको भन्दै चिन्ता प्रकट गरेकी थिइन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०१ असार २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ