अछाम । अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।
पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिए।
सर्पले टोकेपछि सोमबार राती उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, १५ : ०५
लेखकबाट थप