नेपाल सुपर लिग गर्न एन्फाले दियो स्वीकृति

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १४ : ०८
नेपाल सुपर लिग गर्न एन्फाले दियो स्वीकृति

काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) लाई नयाँ मिति दिएको छ ।

एन्फाले आयोजकलाई पत्र पठाउँदै भदौ २५ देखि कात्तिक ५ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गराएको जनाएको छ ।

यसअघि गत चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच खेलाडी अक्सनको विषयमा विवाद हुँदा तोकिएको समयमा हुन सकेन ।

एनएसएल र क्लबबीचको विवादले ठूलो रुप लिँदा एन्फाले पनि समयमै यसबारे निर्णय गर्न सकेन र एनएसएल स्थगित भएको थियो । त्यसपछि आयोजकले एन्फासमक्ष भदौ २५ देखि कात्तिक ५ गतेसम्मको मिति उपलब्ध गराउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस