रुसी सेनाले सेभेरोदोनेत्स्क सहरको अन्तिम पुल ध्वस्त पारेको छ।सेभेरोदोनेत्स्कमा रुसी र युक्रेनी सेनाबीचको भिडन्त भएको छ। ध्वस्त हुनुअघि उक्त पुल सर्वसाधारण नागरिकहरूको लागि निकासी मार्गको रूपमा काम गर्न सक्ने बताइएको थियो।
क्षेत्रीय गभर्नर सर्गेई गैडाईले सहर जाने अन्तिम पुल भत्किएपछि बाँकी नागरिकहरू सहरमा फसेका र अहिले मानवीय सामग्री पुर्याउन असम्भव भएको बताए।युक्रेनले बारम्बार सेभेरोदोनेत्स्कको रक्षा गर्न पश्चिमा देशहरूसँग हतियार माग गर्दै आएको छ।मस्कोले युक्रेनलाई पश्चिमी सहयोगको आलोचना गरेको छ। रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा आक्रमण गरेको छ।
युद्ध चौथो महिनामा चलिरहँदा रुसी फौज निश्चित सहर कब्जा गर्ने योजनामा छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ जेठ २०७९, १२ : ०२
लेखकबाट थप