संसद बैठक आजपनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, ११ : १७
संसद बैठक आजपनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ । युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपंक्षी विकासमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्री र अर्थमन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस