प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक : शशांक कोइराला

रासस

सोमबार, ३० जेठ २०७९, २० : ५२
प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको स्पष्ट पारे।सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमती राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया समेत दिए । पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाले बताए ।

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग आफू मातहत राख्ने÷नराख्ने भन्ने प्रधानमन्त्रीको अधिकारको विषय भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस