बारा । बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका ७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर(२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादवको मृत्यु भएको हो ।
आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका(८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२–०३–००४प– ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलसहित चालक र पछाडि सवार दुवैजना पुलभन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरेर उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।
उपचारको क्रममा सवा ११ बजे उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु