चिनीको मुल्य प्रतिकिलो १ सय १० पुग्यो

सफल खबर संवाददाता

सोमबार, ३० जेठ २०७९, ०९ : २९
चिनीको मुल्य प्रतिकिलो १ सय १० पुग्यो

काठमाडौं । चिनीको मूल्य प्रतिकिलो एक सय १० रुपैयाँ पुगेको छ। एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो ।

उत्पादक र ठूला व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएको छ। सीमित व्यापारीले कृतिम अभाव सिर्जना गरी चिनीको मूल्य मनपरी ढंगले वृद्धि गरेका हुन्। नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ। 

संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए। भारतले चिनी निर्यातमा रोक लगाए पछि मूल्य थप १० रुपैयाँले बढेर ११० रुपैयाँ पगेको संघले जनाएको छ।

पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको खुद्रा व्यापारीको भनाई छ। गत जेठ १८ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको छ।