बारामा अवैध सालको गोलिया बरामद

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, २२ : ००
बारामा अवैध सालको गोलिया बरामद

बारा । बाराको कलैया उपमहानगरपालिकाबाट लुकाई छिपाई राखेको सालको गोलिया बरामद भएको छ । आइतबार दिउँसो मधुबन बन कार्यालय, जैतापुर बन कार्यालय र जैतापुर प्रहरी चौकीको संयुक्त टोलीले आठ थान गोलिया बरामद गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्लाको कलैया उपमहानगरपालिका २१ स्थित भोडाहामा बन र प्रहरीको संयुक्त टोलीले सोही स्थान बस्ने शिव बिहारी चौधरीको बगैँचाबाट ५ फिट लम्बाई, ५ फिट चौडाइ भएको २ थान सालको गोलाई र ममताज अन्सारीको बगैँचाबाट विभिन्न साइजका ६ थान सालको गोलाई गरी ८ थान सालको गोलाई बरामद गरेको गोलाई करिब ४५ क्युफिट रहेको बन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस