तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।
मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै