मनोज पाण्डेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, २० : ५३
मनोज पाण्डेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध मानव बेचविखन र बालयौन दुव्र्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर ‘अनुसन्धान प्रतिवेदन’ सरकारी वकिल कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस