काठमाडौं । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।
बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु