युक्रेन । किभ–युक्रेनले घेराबन्दीमा रहेको सेभेरोदोनेत्स्कको एजोट प्लान्टमुनि सयौँ मानिस लुकेको जनाएको छ । सो सहरलाई रुसी सेनाले केही सातादेखि तीब्र हमला गरिरहेका छन् । रुसी गोलाबारीले रासायनिक प्लान्टमा आगो लागेको छ । सेभेरोदोनेत्स्क पूर्वी युक्रेनमा अघि बढ्ने रुसी सेनाको मुख्य केन्द्र बनेको छ ।
यसैबीच, रुसी सेनाले स्लोभियान्स्क सहरमा नयाँ आक्रमणको तयारी गरिरहेको युक्रेनको सेनाले जनाएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनका विभिन्न स्थानमा हमला गरिरहेको छ । राजधानी किभलगायतका प्रमुख सहर कब्जा गर्ने रूसी प्रयास असफल भएको छ । उसले लुहान्स्क र दोनेत्स्क क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले ‘धेरै महत्वपूर्ण’ हताहत भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ जेठ २०७९, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने