पूर्वमन्त्री मिथिला चौधरीको निधन

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, १० : १०
पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौँ । पूर्वमन्त्री मिथिला चौधरीको शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ५७ वर्षीया चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिएकी छन्।

मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन्। नेकपा (संयुक्त) को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस