काठमाडौं । कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ