दार्चुलामा आगो लगाएर ४० वर्षिया महिलाको हत्या

सफल खबर संवाददाता

बुधबार, २५ जेठ २०७९, ११ : ००
दार्चुलामा आगो लगाएर ४० वर्षिया महिलाको हत्या

काठमाडौँ । दार्चुलामा आगो लगाएर एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या भएको हो।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी प्रतीक विष्टले जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको उनले बताए। खडायतको शव गएराति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए।

उनका श्रीमानको सात वर्षअघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन्। घटनामा संग्लन रहेको आशंकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ।

शंकास्पद एक जना फरार रहेको बताइएको छ। घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा गएका छन्। प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ।

प्रतिक्रिया दिनुहोस