काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो । उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो ।
त्यस क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याइएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ