सप्तरी । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा हिजो बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का अन्दाजी ६७ बर्षीय राम नारायण चौधरी रहेका छन् ।
चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई हिजो बेलुकी साढे ७ बजे ना६ख ६३९९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बेलुकी सवा ८ बजे मृत्यु भएको हो ।
दुवै सवारी साधन र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते