सप्तरी । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा हिजो बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का अन्दाजी ६७ बर्षीय राम नारायण चौधरी रहेका छन् ।
चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई हिजो बेलुकी साढे ७ बजे ना६ख ६३९९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बेलुकी सवा ८ बजे मृत्यु भएको हो ।
दुवै सवारी साधन र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु