बारा । बाराको परवानीपुर गाउँपालिका–४ मा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएकी ५५ वर्षीया गनजली देवी कोइरनी रहेकी छन् ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो । चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प ४२०० नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी कोइरनीलाई आज बिहान १० बजे ठक्कर दिएको हो ।
मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु