काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण

एजेन्सी

सोमबार, २३ जेठ २०७९, १३ : १६
काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण

एजेन्सी । काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ । काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६।७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् ।

त्यसैगरी अरु २३।३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ ।मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो ।

सर्वेक्षणमा देशभरीबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् । संविधान संशोधन सम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस