काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जानकारी दिएको छ ।
महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
यसअघि, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?