सिजनमै मल नपाएपछि सडकमा कृषक

पत्रपत्रिकाबाट

शनिबार, २१ जेठ २०७९, ०७ : ४१
सिजनमै मल नपाएपछि सडकमा कृषक

काठमाडौं । असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब दिन थालेका छन् ।

मल खोज्न जाँदा बजारमा नभेटिएको र धान रोपाइँ र मकैबालीमा हाल्नुपर्ने रासायनिक मल अभाव भएपछि अहिले काठमाडौं उपत्यकालगायत वरिपरि जिल्लाका किसान काँधमा हलो–जुवा र हातमा धानको बिउका मुठासहितका कृषिजन्य सामान बोकेर सडक प्रदर्शनमा उत्रिएका छन् ।

धान रोपाइँको सिजन सुरु भइसक्दा पनि अझै मल नपाएपछि सरकारलाई दबाब दिन नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी किसान संघले शुक्रबार काठमाडौमा निकालेको दबाब (यालीमा सहभागी किसान काँधमा हलो–जुवा र हातमा धानको बिउका मुठासहितका कृषिजन्य सामान बोकेर सडक प्रदर्शनमा उत्रिएका हुन् ।

यस प्रदर्शनमा सयौं किसानलाई सडकमा उतारेर नेपाल क्रान्तिकारी किसान संघले खेती लगाउन तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गरेको थियो । किसानहरूले असारे धान रोप्न खेत तयार भइसक्दा पनि अझै आवश्यक मल नपाएपछि सडकमा उत्रिएर यस्तो प्रदर्शन गरेका हुन् । सो प्रदर्शनीमा सहभागी किसानहरूले ‘धान रोप्ने बेला भइसक्यो किसानले मल कहिले पाउने सरकार’, ‘भ्रष्टाचारीहरूलाई कारबाही गर,’ ‘रासायनिक मलको व्यवस्था तुरुन्त गर’ जस्ता नारासहित दबाबमूलक सडक ¥याली गरेका थिए ।

काठमाडौको रत्नपार्कबाट सुरु भएको सो ¥याली बागबजार, पुतली सडक, प्रदर्शनी मार्ग, शहीद गेट, न्युरोड, इन्द्रचोक, भेडासिंह, असन हुँदै भोटाहिटीसम्म पुगेको थियो । खेती लगाउने मुख्य सिजनमै मल अभावको समस्या भोग्न बाध्य किसानले जतिसक्दो छिटो बजारमा मलको सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरेका छन । उनीहरूले आपूmहरूको यस्तो जायज मागप्रति सरकार गम्भीर नभए देशले ठूलो आर्थिक क्षति र भोकमरीको सामना गर्नुपर्ने बताएका छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस