ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु, ९ हजारभन्दा बढी विस्थापित

एजेन्सी

शुक्रबार, २० जेठ २०७९, १२ : ३९
ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु, ९ हजारभन्दा बढी विस्थापित

एजेन्सी । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।

यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु-याएको छ । यहाँका सयौँ घर  भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए ।

पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन्  भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग  २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।