एजेन्सी । स्पेनको पाम्प्लोना सहरमा जहाँ हरेक वर्ष साँढे दौड हुने गर्छ । ७ जुलाई २०१६ मा त्यहाँ १८ वर्षीया युवतीलाई ५ जनाले सामूहिक बलात्कार गर्छन् । बलात्कार गर्दागर्दै भिडियो पनि खिचिएको हुन्छ । भिडियोमा बलात्कार भइरहँदा युवती चुपचाप देखिएकी थिइन् ।
भिडियोलाई उद्धृत गर्दै अदालतले यसलाई बलात्कार मान्न अस्वीकार गर्यो। युवतीले बलात्कारको कुनै प्रमाण पेस गर्न नसकेको र यौनजन्य कार्यमा स्पष्ट आपत्ति जनाउन नसकेको अदालतको तर्क थियो ।
अदालतले पाँच अभियुक्तलाई बलात्कारको नभई यौन उत्पीडनको मात्रै दोषी ठहर गर्यो । यो मामिला 'वुल्फ प्याक केस' भनेर निकै चर्चित बन्यो । अदालतको फैसलाविरुद्ध देशभर विरोध प्रदर्शन पनि भयो ।
घटनाको ६ वर्षपछि २६ मे २०२२ । स्पेनको संसद्को तल्लो सदनमा एउटा विधेयक पारित भएको छ । यस विधेयकका अनुसार स्पेनमा पीडितले अब आफूमाथि बलात्कार भएको प्रमाणित गर्नुपर्दैन ।
यदि उसले यौन कार्यमा स्पष्ट सहमति दिएको छैन भने त्यो बलात्कार मानिनेछ। मौन बस्नु वा विरोध नगर्नुलाई सहमति मानिने छैन । यो विधेयकलाई ‘ओन्ली यस मिन्स यस’ भनिएको छ । तल्लो सदनबाट पारित भएपछि अब स्पेनको सिनेटमा पेस गरिने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० जेठ २०७९, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली मेड्रिटमा
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीको विपत्ति: राजा-रानी र प्रधानमन्त्रीको अनुहारमा हिलो छ्यापियो, सवारीमा ढुंगामुढा
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक