ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, १३ : २७
ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीबिन्दु (नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ ।

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उनको दाहिने आँखाको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन ।

चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन ।

प्रतिक्रिया दिनुहोस