काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ । नेपाल सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार बिदा लागू गरे पनि खानीखोला गाउँपालिकाले भने शनिबार मात्रै बिदा दिने निर्णय गरेको हो ।
जेठ १७ गते बसेको कार्यपालिका बैठकले आइतबार बिदा नदिने निर्णय गरेको हो । ‘सरकारले जे उद्देश्य राखेर आइतबार बिदा दिने निर्णय गरेको हो, त्यो उद्देश्यसँग हाम्रो गाउँपालिकाको कुनै साइनो रहँदैन’ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने, ‘पेट्रोलियम पदार्थको सहजताका लागि सरकारले बिदा दिने निर्णय गरेको हो, हाम्रोजस्तो गाउँपालिकामा यो बिदा जरुरी छैन भन्ठानेर हामीले आइतबार बिदा नदिने निर्णय गरेका छौँ ।’
शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय रहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा