काठमाडौं । नेपाल ईजरायल सम्बन्ध ६२ वर्षमा प्रवेश गरेको छ। ईजरायली दूतावासले सुन्दरीजलस्थित बीपी संग्रहालयमा कार्यक्रम गरी दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने प्रतिवद्धता प्रकट गरेको छ ।
वि .स २०१५ सालमा बनेको बीपी कोइराला नेतृत्वको सरकारले इजरायललाई स्वतन्त्र देशका रुपमा मान्यता दिने निर्णय गरेसँगै दुई देशबीचको निकटता बढेको हो ।
नेपालस्थित इजरेली दूताबासले गरेको कार्यक्रममा सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इजरायलले रोजगारीको अवसर दिएर गुन लगाएको बताए । उनले दुई देशको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
इजरायली राजदुत हानन् गोडरले नेपाल र इजरायल बीचको सम्बन्ध जोगाउन जस्तोसुकै चुनौती मोल्न तयार रहेको बताए । राजदुत गोडारले नेपालमा लोकतन्त्रको स्थापना हुनुमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको महत्वपुर्ण योगदान रहेको जिकिर गरे ।
सो अवसरमा दुई देशबीचको औद्योगिक, कृषि ,प्राविधिक तथा आर्थिक पक्षको बारेमा अन्तरक्रिया गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
यूएईमाथि नेपालको रोमाञ्चक जित
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य