सिभिल बैंकको डीसीईओमा रायमाझी नियुक्त

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, १५ : २०
सिभिल बैंकको डीसीईओमा रायमाझी नियुक्त

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले जेठ १८ गतेदेखि लागु हुने गरी डेपुटी सीइओमा रायमाझीलाई नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकबाट बैंकिंङ शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंकमा गरी कुल २१ वर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका छन् ।

रायमाझीले नायव प्रमुख कार्यकारी अधिकृतको भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस