काठमाडौं । राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फसाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।
सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने ५८ वर्षीय गाईजूलाई तत्काल रिहा गर्न राप्रपाले माग गरेको हो ।
राप्रपा भक्तपुर अध्यक्ष रामशरण लामिछानेले अदालतमा विचाराधीन रहेको मुद्दामा पक्राउ गर्नु फसाउने उद्देश्य देखिएकाले तत्काल उनीहरुलाई रिहा गर्न माग गरेका हुन् ।
‘जाहेरीवाला आफैंले भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र कारवाहीको प्रक्रियामा रहेकोमा गलत नियतका साथ अदालतमा कारवाहीको प्रक्रियामा नै रहेको सोही करारको आधार बनाई अपराध महाशाखामा जाहेरी दिई दुःख दिने नियतका साथ मुद्दा नै चल्न नसक्ने मुद्दामा अनुसन्धन गरी थुनामा राख्ने कार्य भएको हुँदा यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आरोप लगाएजस्तो सरकारी जग्गा बिक्री गर्न बैना नगरेको खुलेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सञ्जिव न्यौपानेले दाबी गरेका छन् । उनका अनुसार सुडाल गाविस ४ क को ३९९ नम्वर कित्ता जग्गा केही समयअघि मात्र सरकारको नाम गएको जानकारी भक्तपुर मालपोत कार्यालयले जानकारी दिएको छ । यसअघि उक्त जग्गा व्यक्तिको नाममा रहेको र अंशबण्डाको क्रममा कृष्णबहादुर ढुकुछुको नामबाट बाटो कायम भई सार्वजनिक जग्गा भएको खुल्न आएको उनले बताए ।
सार्वजनिक भनिएको उक्त जग्गा नेपाल सरकारको नाममा २३ पुस २०७८ मा गएको जानकारी दिएका न्यौपानले बताए । तर, उक्त जग्गा ३० चैत २०७७ धनिराम राई र रुप सुन्दर चामलिङलाई बैना गर्दा व्यक्तिको नाममा नै रहेको देखिएको दाबी गरेका न्यौपानले अहिले सरकारी जग्गा बिक्री गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गर्न खोज्नु गलत रहेको जिकीर गरे । हाल अधिकारी र गाईजु जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता बस्यालले दिइन् राप्रपाबाट राजीनामा
राप्रपाका निर्वाचित केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्यागको घोषणा
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध