चितवनमा सवारी साधनको ठक्करबाट पुरुषको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, ०९ : २०
चितवनमा सवारी साधनको ठक्करबाट पुरुषको मृत्यु

काठमाडौं । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान करिब ४ बजे सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरलिे जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजि कार्य भईरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस