राष्ट्रपति भण्डारी बुधबार बाजुराको बडीमालिका जाने

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, २१ : ०४
राष्ट्रपति भण्डारी बुधबार बाजुराको बडीमालिका जाने

बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बाजुरा जाने कार्यक्रम रहेको छ ।राष्ट्रपति भण्डारी मंगलबार अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छन ।

सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बाजुराको बडीमालिका आउने कार्यक्रमअनुसार बुधबार सुर्खेत आइपुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

राष्ट्रपति भण्डारी बुधबार बिहान बाजुराको बडीमालिका आउने जानकारी आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।राष्ट्रपति भण्डारी बुधबार बिहान बाजुरा प्रस्थान हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन।

प्रतिक्रिया दिनुहोस