उदयपुर । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ । विश्व धुम्रपान दिवसको अबसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले रामजानकी माध्यमिक बिद्यालय मोतिगडामा आयोजना गरेको सुर्तिजन्य पदार्थ र वातावरण बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका पुर्व केन्द्रिय सदस्य निगमकुमार कोईरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तिजन्य पदार्थबाट क्यान्सरको बिरामी हुने गरेको उनले बताए । उनले बार्षिक २७ हजार बढि मानिसहरु सुर्तिजन्य पदार्थबाट मृत्यु हुने गरेको तथ्याङ प्रस्तुत गरेको थियो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइ सकेको बताए । उनले सबैको स्वास्थ्य सुरक्षा गर्न र सुर्तीजन्य पदार्थ सेवनकर्ताको दरमा कमी ल्याउन सचेतनामुलक अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले सार्वजानिक क्षेत्रमा मात्र नभई व्यक्तिका घरहरुमा समेत सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउनु पर्ने बताए । उनले सुर्तीजन्य पदार्थरहित दिबसलाई वर्षै भरि अभियानको रुपमा सञ्चालन गर्नु पर्ने बताए ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर मुकेश झाले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने हुँदा सजकता अपनाउन अनुरोध गरे । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु पर्ने बताए । सुर्तीजन्य पदार्थले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको उनले बताए ।
पूर्वमन्त्री हरिशंकर परियारले धुम्रपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक संघसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नु पर्ने धारणा राखे । उनले विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूम्रपान निषेध अभियान सञ्चालन गर्नु पर्ने बताए ।
रामजानकी माबि मोतिगडाका प्राचार्य पुन्यबहादुर कार्कीले अभियानलाई कार्यान्वयन चरणमा लैजानु पर्ने बताए । उनले टोल–टोलमा यसका असर बारे बुझाउन सके समुदायलाई परिवर्तनको दिसामा लैजान सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैज्ञानिकले बनाए क्यान्सरको औषधि, बाँच्ने अवधि दोब्बर हुने दाबी
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
जुम्लामा ८ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने