जबरजस्ती करणी मुद्दाको हदम्याद हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, ११ : ३९
जबरजस्ती करणी मुद्दाको  हदम्याद हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौ । जबरजस्ती करणी मुद्दाको विद्यमान हदम्याद हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानुन अध्ययनरत विद्यार्थीले सोमबार हदम्यादको व्यवस्था खारेज गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । 

विद्यमान कानुनी व्यवस्थामा बलात्कार भएको मितिले एक वर्षभित्रै जाहेरी दिनुपर्ने कुरा उल्लेख छ । नाबालिगमाथि जबरजस्ती करणी भएको अवस्थामा बालिग भएको मितिले एक वर्ष अर्थात् अधितकम १९ वर्षको हुँदासम्म जाहेरी दिनसक्ने कानुनी व्यवस्था छ । 

तर उक्त कानुनी व्यवस्थाको कारण समयमै जाहेरी दिन नसक्ने पीडितले न्याय नपाउने र पीडकले उन्मुक्ति पाउने अवस्था देखिएको भन्दै जबरजस्ती करणी कसुरको जाहेरी दिने हदम्याद हटाउन माग गर्दै रिट दर्ता भएको हो । 

नेशनल ल कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीहरु स्तुती सुबेदी, अभिजीत अधिकारी र संगीत ढुङ्गानाले सोमबार सर्वोच्चमा हदम्याद सम्बन्धी व्यवस्थालार्य खुकुलो बनाउन माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस