काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीका रकेट उपलब्ध गराउने योजना बनाएको समाचारलाई अस्वीकार गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार बाइडेनले सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामी युक्रेनलाई रुसमाथि आक्रमण गर्न रकेट प्रणाली दिने छैनौं,’ उनले भने। यसअघि अमेरिकाले युक्रेनलाई लामो दुरीको रकेट प्रणाली दिनेबारे विचार गरिरहेको समाचार आएको थियो ।
बाइडेनको यो भनाइलाई रुसको सुरक्षा परिषद्का उपप्रमुख तथा देशका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले स्वागत गरेका छन् । ‘यो सही निर्णय हो, नत्र हाम्रा सहरमा हमला भएको भए आफ्नो सेनाले धम्की पछ्याउने’ गरेको उनले बताए ।
रुसले यसअघि आफ्ना शहरहरूमा आक्रमण भएमा त्यस्ता आपराधिक निर्णय भएको ठाउँमा आक्रमण गर्ने धम्की दिएको थियो। मेदवेदेवले त्यो बिन्दुलाई स्पष्ट गर्दै भने, ‘तिनीहरूमध्ये धेरै किभमा छैनन् र थप स्पष्टीकरणको आवश्यकता छैन।’ तर, अमेरिकाको यो निर्णयले लामो दूरीको रकेटको माग गर्दै आएको युक्रेनलाई निराश बनाउने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ जेठ २०७९, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न