काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीका रकेट उपलब्ध गराउने योजना बनाएको समाचारलाई अस्वीकार गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार बाइडेनले सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामी युक्रेनलाई रुसमाथि आक्रमण गर्न रकेट प्रणाली दिने छैनौं,’ उनले भने। यसअघि अमेरिकाले युक्रेनलाई लामो दुरीको रकेट प्रणाली दिनेबारे विचार गरिरहेको समाचार आएको थियो ।
बाइडेनको यो भनाइलाई रुसको सुरक्षा परिषद्का उपप्रमुख तथा देशका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले स्वागत गरेका छन् । ‘यो सही निर्णय हो, नत्र हाम्रा सहरमा हमला भएको भए आफ्नो सेनाले धम्की पछ्याउने’ गरेको उनले बताए ।
रुसले यसअघि आफ्ना शहरहरूमा आक्रमण भएमा त्यस्ता आपराधिक निर्णय भएको ठाउँमा आक्रमण गर्ने धम्की दिएको थियो। मेदवेदेवले त्यो बिन्दुलाई स्पष्ट गर्दै भने, ‘तिनीहरूमध्ये धेरै किभमा छैनन् र थप स्पष्टीकरणको आवश्यकता छैन।’ तर, अमेरिकाको यो निर्णयले लामो दूरीको रकेटको माग गर्दै आएको युक्रेनलाई निराश बनाउने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ जेठ २०७९, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?