कस्तो रहनेछ देशभरको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, ०७ : ०९
कस्तो रहनेछ देशभरको मौसम ?

काठमाडौं । काठमाडौंमा मंगलबार बिहान वर्षा भएको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । सोही प्रभावका कारण मौसम प्रतिकुल हुँदै आएको छ । 

जल तथा मौसम पूवार्ननुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौं बाहेक बागमती प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली  रहि बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

यस्तै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका एक दुई  स्थानहरुमा मेघ गर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस