तारा एयरको जहाज दुर्घटना

दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १० : ५४
दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ

काठमाडौं । प्रतिकुल मौसमका कारण तारा एयरको  हजाईजहाज दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका एक अधिकारीका अनुसार कैलाश र डाइनस्टी एयरको हेलिकोप्टरमार्फत टोली पठाउने प्रयास भए पनि सम्भव भएको छैन ।

‘त्यहाँको खोंचमा सर्भाइभल छ कि भनेर खोज्ने प्रयास भइरहेको छ तर अहिले थप टोली पठाउन सकिएको छैन’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘तीन पटकसम्म गरिएको प्रयास असफल भएर हेलिकोप्टर डाइभर्ट भएको छ ।’ अहिले कोभाङमा कैलाश र डाइनस्ट्री एयरको हेलिकोप्टर तैनाथ राखिएको उनले बताए । उनका अनुसार जोमसोम विमानस्थलमा फिस्टेल एयरको जुलियट रोमियो नामक हेलिकोप्टर पनि तैनाथ छ ।

हालै नेपाली सेनाको हेलिकोप्टरले ११ हजार फिटको उचाइमा १५ जनाको फौजलाई उतारेको छ । उनीहरू पैदल हिँडेर दुर्घटना भएको स्थानतर्फ जाँदैछन् ।दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो । दुई पटकमा उक्त हेलिकोप्टरले ८ जनालाई त्यहाँ लगेको अधिकारीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस