बजेट

कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा सरकारले छुट दिने

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १७ : २५
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा सरकारले छुट दिने

काठमाडौं । सरकारले कोरोना महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरणमा छुट दिने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना प्रभावित क्षेत्रका होटेल र पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरण गर्दा छुट दिने व्यवस्था मिलाउने जनाए ।

यसका साथै पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने सरकारले जनाएको छ । सरकारले आगामी सरकारले आगामी वर्ष १० लाख थप पर्यटक भित्र्याउने लक्ष लिएको छ ।

प्रतिक्रिया दिनुहोस