तारा एयरको हराएको जहाज मुस्ताङको लेतेमाथि दुर्घटना भएको आशंका

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, ११ : ४२
तारा एयरको हराएको जहाज मुस्ताङको लेतेमाथि दुर्घटना भएको आशंका

पोखरा । पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । लेतेमाथि डाँडामा ठूलो आवाज आएको र धुँवाको मुस्लो उडेको स्थानीयवासीले बताएका छन् ।  तर, पुष्टि भएको छैन । 

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार  थिए । ९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ ।

उक्त जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस