काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा आएको भीषण बाढीको कारण १५ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
चीनको पूर्वी तट नजिकै रहेको फुजियान प्रान्तमा बाढीको कारण दुई वटा भवन भत्किँदा आठ जनाको मृत्यु भएको समाचार एजेन्सी सिन्ह्वाले वुपिङ काउन्टी सूचना कार्यालयलाई उद्धृत गर्दै जनाएको छ ।
यसै गरी दक्षिण पश्चिमी चीनको करिब १२०० किलोमिटर टाढा रहेको युनान प्रान्तमा पनि बाढीका कारण अन्य पाँच जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको चीनको राष्ट्रिय समाचार माध्यम सिसीटीभीले जनाएको छ । मृत्यु हुने मध्य तीन जना बालबालिका रहेका छन् ।
चीनका सञ्चार माध्यमहरूले जानकारी गराए अनुसार बिहीबार साँझदेखि परेको भीषण पानी र तत्पस्चातको बाढीले उक्त घटना घटेको हो ।पछिल्लो प्राप्त जानकारी अनुसार बाढीको कारण ३९ वटा घरहरूमा पूर्ण रूपमा क्षति पुगेको छ भने १६ सय मानिसहरू विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास