काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा आएको भीषण बाढीको कारण १५ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
चीनको पूर्वी तट नजिकै रहेको फुजियान प्रान्तमा बाढीको कारण दुई वटा भवन भत्किँदा आठ जनाको मृत्यु भएको समाचार एजेन्सी सिन्ह्वाले वुपिङ काउन्टी सूचना कार्यालयलाई उद्धृत गर्दै जनाएको छ ।
यसै गरी दक्षिण पश्चिमी चीनको करिब १२०० किलोमिटर टाढा रहेको युनान प्रान्तमा पनि बाढीका कारण अन्य पाँच जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको चीनको राष्ट्रिय समाचार माध्यम सिसीटीभीले जनाएको छ । मृत्यु हुने मध्य तीन जना बालबालिका रहेका छन् ।
चीनका सञ्चार माध्यमहरूले जानकारी गराए अनुसार बिहीबार साँझदेखि परेको भीषण पानी र तत्पस्चातको बाढीले उक्त घटना घटेको हो ।पछिल्लो प्राप्त जानकारी अनुसार बाढीको कारण ३९ वटा घरहरूमा पूर्ण रूपमा क्षति पुगेको छ भने १६ सय मानिसहरू विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल