न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो ।
‘हाम्रो संसारमा दुष्टताको अस्तित्व कानून पालन गर्ने नागरिकहरूलाई निशस्त्र गर्ने कारण होइन... कानून पालन गर्ने नागरिकहरूलाई हतियार दिने सबैभन्दा राम्रो कारणहरूमध्ये दुष्टको अस्तित्व हो’, राष्ट्रिय राइफल संघका सदस्यहरूसँगको कुराकानीमा उनले भने ।
टेक्सासको एक प्राथमिक विद्यालयमा एक १८ वर्षीय पुरुषले अन्धाधुन्ध गोली प्रहार गरेर २१ जनाको नरसंहार गरेपछि अमेरिकामा बन्दुक नियन्त्रण बारेमा पुनः बहस हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी