बिद्युत प्राधिकरणको लापरबाहीको चरम नमुना हो नारायणी पुलमा ढलेका बिद्युतका पोल

प्रकाश सिग्देल

शुक्रबार, १३ जेठ २०७९, १५ : ३८
बिद्युत प्राधिकरणको लापरबाहीको चरम नमुना हो नारायणी पुलमा ढलेका बिद्युतका पोल

चितवन । गत शुक्रबार आएको हावाहुरीका कारण ढलेको नारायणी नदी पुल माथिका बिद्युतका पोल अहिले सम्म पनि बिद्युत प्राधिकरणले उठाउन सकेको छैन् ।

पुल माथि रहेका १४ वटा बिद्युतका पोलहरु सबै ढलेका छन् जसले गर्दा पैदलयात्री लाई पुलमा यात्रा गर्न निकै ठुलो समस्या भएको छ । पोल ढलेको लामो समय हँुदा पनि ति पोल हटाएर बिद्युतको तार ब्यवस्थापन गर्न नसक्नु नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रको चरम लापरबाही हो । देशको मुख्य राजमार्गमा पर्ने यो पुल हँुदै दैनिक लाखौ यात्रुहरु यात्रा गर्छन ति यात्रुहरुले हरेक दिन नारायणी पुल माथिको ति पोलको बिजोग देखिरहेका छन् । भरतपुर महानगर जस्तो ठाउँमा पुलमा भाचिएका बिजुलिका पोलहरु एक साता सम्म पनि नहटाउनु हदै सम्मको लापरवाही र उदासिनता भएको बटुवा अर्जुन घिमिरेले बताए ।

सबै पोलहरु भाचिएर पुलको रेलिङीको भागमा अडिएर सबै पोल नदी तिर झुकेको छ । तार सबै असरट्रटै छ । मानिस हिड्न समेत नमिल्ने भएको छ, जसले गर्दा मानिस सवारी साधन हिड्ने पुलको भागबाट हिड्न बाध्य छन् जसले दुर्घटनाको जोखिम समेत उच्च बनाएको छ ।

भरतपुर बिद्युत प्राधिकरणका प्रमुख राजिव कुमार सिहंले अन्यत्र धेरै ठाउँमा क्षती भएकाले पहिला अत्यावस्यक स्थानमा मर्मत गर्न समय लागेकाले पुलमा लडेका पोल हटाउँन ढिला भएको बताए । उनले केही दिनमा सबै पोलहरु हटाउने बताए । 

प्रतिक्रिया दिनुहोस