रुपन्देहीमा आयल निगमको डिपो अगाडि ट्यांकरमा आगलागी

सफल खबर संवाददाता

शुक्रबार, १३ जेठ २०७९, १२ : ४६
रुपन्देहीमा आयल निगमको डिपो अगाडि ट्यांकरमा आगलागी

तिलोत्तमा । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ ।

शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस