एजेन्सी । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो । तर रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन् ।
बुधबार उत्तरी सहर मजार–ए–सरिफमा छुट्टाछुट्टै मिनी बसहरूमा राखिएका तीनवटा बम विस्फोट हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी र स्वास्थ्य अधिकारीले बताएका छन् ।
‘बमहरू सहरका विभिन्न जिल्लामा तीनवटा मिनी बसहरूमा राखिएको थियो’, बाल्ख प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले भने । विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । मारिनेहरूमा तीन जना महिला छन् ।
त्यस्तै, राजधानी काबुलस्थित एउटा मस्जिदमा अर्को वम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । तर, काबुलको एक अस्पतालले सो विस्फोटमा मारिनेको संख्या पाँच पुगेको जनाएको छ । मस्जिदको पंखाभित्र बम राखिएको प्राप्त विवरणमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ जेठ २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट विश्वकपमा आज दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै
विश्वकपमा अफगानिस्तानको अर्काे जित, पाकिस्तान ८ विकेटले पराजित
इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
विश्वकप क्रिकेट : अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य
विश्वकप क्रिकेटमा अफगानिस्तानले भारतलाई २७२ रन लक्ष्य
अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प